newskoseli.Com

दसैंमा पनि ज्येष्ठ नागरिकले किन पाएनन् भत्ता ?

बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दसैंमा समेत भत्ता पाएनन् ।

नगरपालिकाले दसैंमा समेत सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दसैं खल्लो महसुश गरे । हरेक वर्ष दसैंको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दसैंमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताए ।

स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन झन् सहज होला भन्ठानेका ज्येष्ठ नागरिकहरु स्थानीय तहले लापरबाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षा भत्ता पाउनेको सेवा–सुविधामा खेलबाड गरेको गुनासो गरिरहेका छन् ।

बूढीनन्दा नगरपालिकामा करिव १ हजार २ सय ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करिव १ करोड १० लाख रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ । कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले बताए ।

प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उनले स्वीकार गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर