newskoseli.Com

३ लाख ७० हजारका नक्कली नोट, छाप्ने कागज र मेसिनसहित ५ जना पक्राउ

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँका नक्कली नोट बरामद भएका छन् ।

दसैंभर राजधानीमा नक्कली नोटको छ्यापछ्याप्ती कारोबार भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेसनका क्रममा ठूलो मात्रामा नक्कली नोट बरामद गर्नुका साथै ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महागनरीय प्रहरी वृत्त, गौशालाले १ हजारका २९ वटा नक्कली नोटसहित २ जनालाई शुक्रबार पक्राउ गरेको थियो । कागेश्वरी मनहरा– ११ का २५ वर्षीय शाहिल थापा र २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका थिए । उनीहरुबाट प्राप्त सूचनालाई ‘फलो’ गर्दै जाँदा ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घर र काठमाडौंका विभिन्न स्थानमा छापा मारेर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको बताइएको छ ।

छापा मार्ने क्रममा प्रहरीले पक्राउ परेका केही व्यक्तिको डेराबाट फोटोकपी मेसिनसहित ‘नोट छाप्न प्रयोग गरिने कागज’ समेत बरामद गरेको प्रहरीले जनाको छ । प्रहरी परिसरका एक अधिकारीले बताए अनुसार तिनीहरुले फोटोकपी मेसिनबाट आ–आफ्नै कोठामा नक्कली नोट छाप्ने गरेका थिए ।

नक्कली नोटको कारोबारमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न काठमाडौं प्रहरीले राजधानीमा आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर