
भारतबाट आयात गर्न खोजिएको करिव डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगञ्ज भन्सारमै रोकिएको छ ।
सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगञ्ज भन्सारमा रोकिएको हो । ३१ भदौमा मन्त्रिपरिषदको बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ ।
४२ लाख भारतीय रुपैयाँ अर्थात ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जानकारी नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले दिएको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।