newskoseli.Com

जलवायु परिवर्तनका कारण अन्न विषाक्त बन्दै

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनका कारण अन्न लगायत कृषि उत्पादन विषाक्त बन्दै गइरहेको छ । राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा यस्तो जनाइएको हो ।

प्रतिवेदनका अनुसार खडेरी र बढ्दो तापमानका कारण बालीमा रासायनिक तत्वको भण्डार बढ्न थालेको हो । गहुँ, मकै लगायतका केही यस्ता बाली छन् जसमा उर्वरकका लागि प्रयोग हुने नाइट्रेट बढ्न थालेको छ ।

यस अतिरिक्त भीषण वर्षाका कारण बिरुवामा हाइड्रोजन साइनाइडको मात्रा बढ्न थालेको पनि प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघका अनुसार मौसममा आइरहेको भीषण परिवर्तनका कारण ७० प्रतिशत कृषि उत्पादनमा यसको असर पर्ने देखिन्छ । यसबाट करिब साढे चार अर्ब मानिसमा विषको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर