newskoseli.Com

विश्वकै ७२औं : भोकमरी सूचीमा नेपालको स्थान !

विगत तीन वर्षदेखि नेपाल विश्व मानवचित्रको भोकमरी सूचकांकमा एउटै स्तरमा रहँदै आएको छ ।

विश्वभर खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) को प्रतिवेदन अनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२औं स्थानमा रहँदै आएको छ । विभिन्न निकायसँगको सहकार्यमा ‘कन्सर्न वल्र्डवाइड’ ले विश्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक, २०१८ सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ । यस अघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा रहेको थियो । यस वर्ष श्रीलंका १७.९ अंकसहित ६७औं स्थानमा छ ।

नेपाल २१.२ अंकसहित दोस्रो स्थानमा रहेको छ । प्रतिवेदन अनुसार भारत १०३ औं स्थानमा छ भने बंगलादेश ८६औं र पाकिस्तान १०६औं स्थानमा रहेको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर