newskoseli.Com

जहाज खस्यो समुद्रमा : १६९ जनाको मृत्यु, उद्धारकार्य जारी

इन्डोनेसियामा भयानक विमान दुर्घटना हुँदा १ सय ६९ जनाको ज्यान गएको छ । सोमबार एउटा यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको निधन भएको आशंका गरिएको हो ।

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ विमान उडेको केही बेरमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त जहाजमा चालकदलका सदस्यसहित १ सय ८९ जना यात्रु रहेको त्यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

राजधानी जकर्ताबाट पाङकाल पिनाङ विमानस्थलका लागि उडान भरेको जहाज उडेको १३ मिनेटमा राडारको सम्पर्कबाट टुटेको थियो । जहाज बेपत्ता भएपछि खोजी गर्दा जहाज समुद्रमा खसेको पुष्टि त्यहाँको आपतकालीन केन्द्रले गरेको थियो ।

जाकर्ता नजिकै रहेको समुन्द्रमा खसेको उक्त जहाजबाट चुहिएको तेल समुन्द्रमाथि तैरिएको दृष्य देखिएको थियो । सोमबार साँझतिर केही शव समुन्द्रमा देखिएपछि उद्धारकर्ताहरुले शंकलन गरेका थिए । उडान नम्बर जेटी– ६१० को सो विमानम १ सय ७९ जना वयस्क, १ जना शिशु, २ बालबालिका, २ जना पाइलट र ५ जना चालकदलका अरू सदस्य रहेको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

खोज तथा उद्धार निकायका कार्यसम्पादन निर्देशक बामबान्ग सूर्योले दुर्घटनाग्रस्त विमानमा सवार यात्रु एवं विमानको अवशेषको खोजी तीव्र बनाइएको जानकारी गराएको बीबीसीले जनाएको छ । निर्देशक बामबान्गले राडारसँग सम्पर्क–विच्छेद भएपछि चालककले विमानलाई जाकर्ताको सोएकार्नो विमानस्थलमा फर्काउने प्रयास गरेको तर विमानस्थल पुग्नुअघि नै जाभा समुन्द्रमा खसेको बताइएको छ ।

विमानमा सवार व्यक्तिहरुका आफन्तहरु जाकर्ताको हालिम पर्दानाकुसुस्थित विमानस्थलको विपत्ति केन्द्रमा उत्सुकताका साथ खबरको पर्खाइमा बसेका छन् । उनीहरु सबैले बलिौना गरिरहेको दृश्य सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका तस्बिरहरुमा देखिन्छ ।
सो विमानमा इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी पनि सवार रहेको बीबीसीले जनाएको छ ।

यसअघि गत अगस्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा पनि ८ जनाको निधन भएको थियो । अगस्ट, २०१५ मा भएको अर्को दुर्घटनामा पनि विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै, २०१४ मा एयर एशियाको विमान दुर्घटना हुँदा १ सय ६२ जनाको ज्यान गएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर