newskoseli.Com

जनप्रतिनिधिको तलब : सांसदको ४५, सभामुखको ५३ र मुख्यमन्त्रीको ६१ हजार

कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले तलबबाहेक थप आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्च समेत पाउने छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा–सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ ।

विधेयकमा सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलका नेतालाई ५० हजार तथा सचेतक र समितिहरुका अध्यक्षलाई ४८ हजार मासिक तलब प्रस्ताव गरिएको छ । यस्तै, मुख्यमन्त्रीको मासिक तलब ६१ हजार प्रस्ताव गरिएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर