
तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
करिव दुई करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरी उपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो ।
सिंहसहित अवैध सम्पत्ति लुकाउन सघाएको आरोपमा पत्नी गीतदेवी, छोरा अनुपकुमार र अचल कुमारलाई समेत भ्रष्टाचारमा सजाय माग गरिएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।