newskoseli.Com

साढे ४३ करोडको सयपत्री कारोबार, तिहारमा बेग्लै ११ करोडको

नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ ।

सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ,’ एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले भने– ‘वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’

अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री फूलको माला खपत हुन्छ । एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ । उनका अनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्य बराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ ।

एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री फूलमा नेपाल आत्मनिर्भर हुन नसकेको हो । यो फूलमा आत्मनिर्भर हुनका लागि संघीय सरकारले कुनै योजना तथा बजेट नछुट्याएकाले कूल मागको करिव एक चौथाई भारतबाट आयात गर्नुपरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर