NewsKoseli.Com

२ महिलासहित ३ मुश्लीम पहिलो पटक अमेरिकी संसदमा

सिकागो, २१ कात्तिक ।

अमेरिकी मतदाताहरुले पहिलो पटक २ महिला र १ पुरूष गरी ३ जना मुश्लीमलाई पहिलो पटक संसदमा निर्वाचित गरेका छन् । निर्वाचित तीनै जना डेमोक्य्राट हुन् ।

निर्वाचितमध्ये एक महिला सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । उनी मिन्नेसोटा प्रदेशबाट विजयी भएकी हुन् । त्यसैगरी, सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील रशिदा तलैबी पनि संसदका लागि निर्वाचित भएकी छन् ।

प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ । संसदमा उनीहरुसँगै अर्का एक मुश्लीम पुरुष समेत निर्वाचित भएका छन् । संसदमा निर्वाचित मुश्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुन् । उनी इन्डियाना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्य्राट पार्टीबाट प्रतिनिधित्व गर्छन् ।

अमेरिकाका नागरिकमा मुश्लीम समुदायप्रति नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर