newskoseli.Com

तपाईं त ठगिनुभएन ? सफ्टवेयर नै प्रयोग गरेर ठगिरहेछन् पेट्रोल पम्प

काठमाडौंको सानो भर्‍याङस्थित ‘बंगालामुखी आयल स्टोर्स’ ले सप्टवेयर नै जडान गरेर कम परिमाणमा उपभोक्तालाई तेल बेचेर ठग्ने गरेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो सो पेट्रोल पम्पले उपभोक्ता ठग्ने गरेको पाइएको हो । अनुगमनका क्रममा बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत नियन्त्रण गरेर उपभोक्तालाई कम तेल दिने गरेको भेटिएको जानकारी विभागले दिएको खबरर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

त्यसैगरी, पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा पनि प्रकाशित छ ।

सो समाचार अनुसार ‘डिस्पेन्सिङ पम्प’ को ‘मदर बोर्ड’ मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका छन् । आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताएका छन् ।

‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिणाम र मूल्य देखाउने तर इन्धन चाहिँ कम झर्ने सफ्टवेयर जठान गरेको भेटियो,’ उनले भने– ‘हामले दसैंअघिदेखि गरेको अनुगमनले करिव आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर