
तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ ?
अनि बा–आमाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम बा–आमाका लागि छुट्याउनुपर्ने प्रावधान सहितको कानुनको तयारी हुँदै छ ।
मासिक रुपमा आमा–बाको बैंक खाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताएको खबर गोविन्द लुइँटेलको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।