newskoseli.Com

विदेश भ्रमणमा मात्रै २० अर्ब खर्च !

घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको नेपाल राष्ट्र बैंकले औंल्याएको छ ।

मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ । यही अवस्थामा घुम्न र अध्ययनका लागि पनि अर्बौं रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाई समेत गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष भ्रमण र अध्ययनका लागि मात्र ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिव साढे २८ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष अध्ययन–घुम्नका लागि करिव साढे ३६ अर्ब रुपैयाँ बाहिरिएको थियो । त्यसैगरी, गत आर्थिक वर्ष विदेश भ्रमणका लागि राहदानीबापत नागरिकले करिव २० अर्ब रुपैयाँ (१९ अर्ब ७० करोड) बराबर डलर सटही गरेको सरकारी तथ्यांक रहेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर