newskoseli.Com

बेरोजगारको नाम बेच्दै ठूला व्यापारीलाई ५० करोडसम्म !

विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ ।

०६५ देखि ०७४ सम्म स्वरोजगार कोषक नाममा ७ अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन् । यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगारी भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ ।

कोषको रकम व्यापक दुरुपयोग भएको राष्ट्रिय सतर्कता केन्द्रले समेत जनाएको छ । केन्द्रले अनुगमनपछि तयार पारेको प्रतिवेदनमा तालिमको नाममा समेत भ्रष्टाचार भएको उल्लेख छ ।

‘युवा स्वरोजगार कोष’ बाट एउटै व्यवसायीले ५० करोड रुपैयाँसम्म लगेको तर लक्षित वर्गमा ऋण प्रवाह नगरिएको प्रतिवेदनमा उल्लेख छ । कोषको उद्देश्यविपरीत अनौपचारिक शिक्षा हासिल गरेकालाई पनि लगानी गरेको पाइएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर