newskoseli.Com

राष्ट्रपतिलाई गाडी : ४ करोडले पुगेन, थप १४ करोड निकासा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले सेनामार्फत ‘विलासी’ गाडीको ‘सेट’ नै खरिद गर्ने भएको छ ।

औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्ने सहित ८ वटा गाडी किन्ने सरकारको तयारी छ । २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए ।

राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो । सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै ४ करोड रुपैयाँ छुट्याएको थियो ।

सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने सेनाले बताएको थियो । उसले १६ करोड मागेको थियो । सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ थप निकासा गरेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर