newskoseli.Com

सांसदबाटै चिनीमा कालोबजारी ! जरिवाना ५ हजार मात्र…

सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश– ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । तरर, सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । सांसद शाक्यले भने राजधानीको ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँमा चिनी बिक्री गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको सांसद शाक्यको उपभोक्ता सहकारी पसलले प्रतिकेजी ७८ रुपैयाँमा बिक्री गरेको फेला पारेर जरिवाना गरेको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर