newskoseli.Com

घट्यो शेयर बजार : मूल्यमा १५ अंकको गिराबट

आइतबार धितोपत्र बजारमा उच्च अङ्कले शेयरको मूल्यमा ह्रास आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ६६ दशमलव ४३ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आइतबार शेयर बजार १ दशमलव २५ विन्दुले घटेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलव ०८ विन्दुले घटेर २ सय ४७ दशमलव ९८ विन्दुमा झरेको छ । स्टकका अनुसार कूल १ सय ५४ कम्पनीको ८ लाख ४० हजार ५५ कित्ता शेयर २५ करोड ६ लाख ४२ हजार ४ सय ७५ रूपैयाँमा खरिद–बिक्री भएका छन् ।

कारोबार भएका कूल १० उपसमूहमध्ये आइतबार सबै उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ १२ दशमलव ६४, होटल २८ दशमलव ८७, विकास बैंक ६ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त ५ दशमलव १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य ७ दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बीमा ४४ दशमलव ४० अङ्कले घटेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर