newskoseli.Com

डुंगा दुर्घटनामा २२ को मृत्यु, ६० जना डुबेर बेपत्ता

मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु भएको खबर छ ।

लेक भिक्टोरियामा शनिबार भएको सो दुर्घटनामा अरु ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।

‘घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ’– युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले भने । डुङ्गा दुर्घटनामा बाँच्न सफल एक जना यात्रुले दिएको जानकारी अनुसार डुङ्गामा झन्डै ९० जना यात्रु सवार थिए ।

राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुङ्गा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टि गरे पनि आधिकारिक र पूर्ण विवरणहरु भने अझै आइनसकेको बताए ।

युगाण्डामा बेला–बेला डुङ्गा दुर्घटना हुने गरेको छ । डुङ्गा दुर्घटनाकै कारण युगाण्डामा बर्सेनि सयौंको ज्यान जाने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर