newskoseli.Com

‘वाइडबडी जहाज’ अब भाडामा दिन चलखेल !

नेपाल वायु सेवा निगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान ‘वाइडबडी जहाज’ भाडामा दिने गरी सञ्चालक समतिमा ‘अनौपचारिक छलफल’ भएको रहस्य खुलेको छ ।

निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । कुन कम्पनीलाई भाडामा दिने भन्नेबारे नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्दै ती जहाज भाडामा दिने प्रस्ताव उनले गरेका हुन् । जहाजलाई पूर्ण क्षमतामा उडाएर आर्थिक अवस्था बलियो बनाउन सञ्चालक समिति लाग्नुपर्ने भए पनि सदस्य नै यसरी भाडामा दिने गरी ‘लबिङ’ मा लाग्नुले ठूलै चलखेलको आंशका उब्जिएको छ ।

निगम उच्च स्रोतले दिएको जानकारी अनुसार सञ्चालक समितिका केही सदस्यले नै जहाज भाडामा दिने प्रस्ताव गर्नुमा गम्भीर रहस्यको अनुमान गरिएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर