newskoseli.Com

सरकारले हालसम्मकै उच्च र महत्वाकांक्षी बजेट प्रस्तुत गर्दै

सरकारले आर्थिक वर्ष २०७३/७४ को वजेट शनिबार अपरान्ह ४ वजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दै छ । आज प्रस्तुत हुने वजेट १० खर्ब नाघ्ने  देखिन्छ । यो आर्थिक वर्षको वजेट १० खर्ब ४५ अर्वको हाराहारीमा हुने अर्थ स्रोतले जनाएको छ ।

यो हालसम्मकै उच्च बजेट हुनेछ । विनाशकारी भूकम्प, नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार यति ठूलो आकारको बजेट ल्याउन हौसिएको हो ।

अर्थ मन्त्रालयले आगामी वर्ष करिब साढे ५ खर्ब राजश्व उठ्ने अनुमान गरेको छ । यसैगरी वैदेशिक सहायता ३ खर्बको हाराहारीमा आउने विश्वास अर्थ मन्त्रालयको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर