
मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न सांसदहरुले प्रस्ताव गरेका छन् ।
उनीहरुले संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।