
वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापन सहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक्रम समेटिएको नीतिको प्रस्ताव बैठकमा प्रस्तुत गरेको खबर बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।