newskoseli.Com

मालपोत कर तिर्न दुई दिनको पैदल यात्रा !

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर, सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।

तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी नपाउँदा जनताले दुई दिन पैदल हिँडेर सेवा लिनुपरेको त्रिवेणी नगरपालिका– ७ की गीता साउदले गुनासो गरिन् । गाउँगाउँमा सिंहदबार आएको आफूले महशुस नगरेको उल्लेख गर्दै गाउँगाउँमा सिंहदरबार पुगेको भन्ने गरिन्छ तर सार्वजनिक सेवा लिन भने दुई दिनको पैदलबाटो हिँडनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

जिल्लाका नौ स्थानीय तहमा चार नगरपालिका र पाँच गाउँपालिका छन् । तीमध्ये ६९ वडाका ५५ भन्दा बढी वडामा कर्मचारी नहुँदा सचिवको कामकाज जनप्रतिनिधिले झोलामा कार्यालयका सामान बोकेर सेवा दिनु परेको त्रिवेणी नगरपालिका– ७ का वडा अध्यक्ष प्रेम थापाले बताए ।

त्रिवेणी नगरपालिकाका स्थानीयवासीलाई वडाबाट पाउने सेवा सुविधा लिन दुई दिनको पैदलयात्रा हिँडेर सेवा लिनुपर्ने बाध्यता छ । वडा कार्यालयमा खरिदार तहको कर्मचारी नहुँदा सोही नगरपालिका– १ साविकको छतारा गाविसमा गएर सेवा लिनुपर्ने समस्या छ ।

वडावासीले वडामै जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता र जग्गाको मालपोत कर तिर्नका लागि दुई दिनको पैदल बाटो हिँडेर सेवा लिने गरेको उनले ताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर