newskoseli.Com

ट्यांकर चालकको बारम्बार हड्ताल : माग राखे– जसरी पनि तेल चोर्न पाउनुपर्‍यो !

इन्धन बोक्ने ट्यांकरहरूले ठाउँ–ठाउँमा पटक–पटक हड्ताल गरिरहेका छन् ।

उनीहरूको घुमाउरो माग छ– जसरी पनि आफूहरुले तेल चोर्न पाउनुपर्‍यो ! ‘तेल चोर्न’ पाउनु पर्ने माग राखी ट्यांकर चालकहरूले दुई दिनअघि पनि दिनभरि हड्ताल गरे ।

विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले लकिङ प्रविधि जडान गरेको छ । यसपछि चालकले तेल चोर्न पाएका थिएनन् । आफूहरुले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने माग गर्दै अहिले उनीहरू आन्दोलित छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँच वटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर