newskoseli.Com

अब सिभिल बैंकमार्फत सूर्या लाइफको जीवनबीमा

जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मंगलबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अब विनाझन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरुमार्फत सूर्या लाइफ इन्स्योरेन्सका जीवनबीमा सेवा उपलब्ध गरी ग्राहकवर्ग प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले यसअघि पनि जीवनबीमा कम्पनीहरु मेटलाइफ, एलआईसी नेपाल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बीमा कम्पनीहरुसँग सम्झौता गरी जीवनबीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर