
साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।
तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिव ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको हो ।
ऋण मिनाहाबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।