newskoseli.Com

ऋण जति नेपाललाई, पैसा जति भारतमै !

सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंबबाट दनिे गरिएको ऋणमा अनेक शर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ ।

सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५ सय ५० मिलियन डलर रकम अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौता अनुसारको २ सय ५० मिलियन डलर ऋण पनि करिव ७० प्रतिशत मात्र खर्च हुन सकेको छ ।

पछिल्लो समयमा नेपालमा सिमेन्टलगायतका निर्माण सामग्रीको उत्पादन बढे पनि एक्जिमबाट लिइएको ऋणको रकम खर्चेर सडक आयोजनाले आफूखुशी स्वदेशी निर्माण सामग्री खरिद गर्न पाउँदैनन् । नेपालले किन यस्तो शर्त राखेर एक्जिमसँग ऋण लिने सम्झौता गरेको होला भनेर अचम्म लागको अधिकारीहरुले बताएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर