newskoseli.Com

१२ करोड त बिजुलीको महसुल तिर्नै बाँकी : यस्तो पनि केन्द्रीय मन्त्रालय !

बिजुली उपयोग गरे बापतको १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन ।

बिजुलीका महसुल सबैभन्दा बढी बाँकी राख्ने मन्त्रालय यही हो । मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘मन्त्रालयमध्ये सबैभन्दा बढी १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले बुझाउन बाँकी छ,’ आइतबार उनले भने– ‘अन्य मन्त्रालयले पनि महसुल बुझाउन बाँकी छ । उनीहरुको बक्यौता महसुल स्वास्थ्य मन्त्रालयको भन्दा केही कम छ ।’

बेलैमा महसुल नबुझाउने अरु मन्त्रालयहरु यातायात, संघीयलगायत रहेको प्रवक्ता अधिकारीको भनाइ रहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर