newskoseli.Com

दोहोरो अङ्कले बढ्यो शेयर बजार : क–कसले कमाए, क–कसले गुमाए ?

धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोबारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर १ हजार १ सय ८२ दशमलव ७८ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक १ दशमलव ३० बिन्दुले बढेको हो ।

यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९७ विन्दुले बढेर २ सय ५१ दशमलव ६३ विन्दुमा पुगेको छ । कूल १ सय ५९ कम्पनीको १२ लाख ६० हजार ५ सय १८ कित्ता शेयर ४२ करोड ३ लाख ५३ हजार ५ सय १५ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार सोमबार कारोबार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । व्यापार ३ दशमलव ०४ विन्दुले घटेको छ । बैंकिङ ९ दशमलव १५, होटल ० दशमलव ७१, विकास बैंक ८ दशमलव ५, जलविद्युत् ५ दशमलव ३७, वित्त ० दशमलव ५२, निर्जीवन बीमा २ सय २० दशमलव ५१, उत्पादन २३ दशमलव २१, अन्य १ दशमलव ४४, लघुवित्त ४० दशमलव २१ तथा जीवन बीमा १ सय ९५ दशमलव ९ विन्दुले बढेको छ ।

स्टकका अनुसार सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाए भने कालिका पावर कम्पनी, ग्लोबल आर्इएमई समुन्नति स्किम– १, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक–शेयरधनीले गुमाएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर