newskoseli.Com

हालसम्म ‘डेरा भाडा’ फर्काउने १२ सांसद को–को हुन् ?

राजधानीमै आ–आफ्नो घर हुँदाहुँदै संसद् सचिवालयबाट ‘घरभाडा’ बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।

संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ र दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार प्रकाशित भएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान र दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गरिसकेका छन् ।

त्यसैगरी, नेकपाका यज्ञबहादुर सुनुवार, योगेश भट्टराई र कांग्रेसका अमरेशकुमार सिंहले पनि आफूले लिएको भाडा आगामी महिनाको तलबबाट कट्टा गर्न सचिवालयलाई पत्र बुझाएका छन् ।

उनीहरू सबैले संसद सचिवालयको गल्तीका कारण आफ्नो बैंक खातामा घरभाडा आएकाले त्यो फर्काइएको दाबी गरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर