newskoseli.Com

अर्थतन्त्र पूरै अर्थमन्त्रीकै मुठीभित्र !

गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ विन्दुमा पुग्यो । अहिले ११०० को आसपास मात्र छ ।

यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ । यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो । यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा सन्तुलन मिलाउन नसक्दा निक्षेप र कर्जाको ब्याजदर अस्वाभाविक रुपले बढ्न पुग्यो ।

यसलाई सच्याउन नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको सुरुदेखि नै बचत वृद्धिका आधारमा मात्र कर्जा परिचालन गर्न दिने भयो । तर, राष्ट्र बैंकले यो व्यवस्था लागू गर्न सकेन । कारण, आर्थिक वृद्धिदर बढाउन भनेर अर्थमन्त्रीले वित्तीय क्षेत्रको स्वास्थ्यसँग सम्झौता गरिदिए ।

वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको भूमिका कमजोर बनाएर अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नै मुठीमा चलाएका छन् ।‘सरकारको विकास खर्चको अवस्था नाजुक छ । सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा त जनताले कुनै तात्त्विक फरकको अनुभूति गर्नै पाएका छैनन्’– पूर्वअर्थमन्त्री डा. रामशरण महत भन्छन् ।

नेपाली अर्थतन्त्रको पेचिलो प्रश्नबारेको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर