newskoseli.Com

को–को हुन् आफ्नै पौरखले चम्केका उद्यमी नेपाली महिला ?

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् ।

राणाजस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँचतारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्रान्ड हाँकिरहेका छन् । कतिपयले पारिवारिक बिरासत थेगेका छन् । कसैले आफैं व्यवसाय थालेर देखिने उन्नति गरेका छन् । उमेरले तीन दशक नपुगेका युवा महिलादेखि आठ दशक पार गरेका वृद्धासम्म उद्यममा चम्केका छन् ।

भवानी राणा, सिर्जना ज्योति, ज्योत्स्ना श्रेष्ठ, कमला श्रेष्ठ, शारदा रिजाल, रितुसिंह वैद्य, सीमा गोल्छा, सिर्जना राणा, छाया शर्मा, अजुला आचार्य, श्वेता खड्का, रिता भण्डारी, विदुषी राण, अन्जना ताम्राकार, मेघा चौधरी, अम्बिका श्रेष्ठ, प्रमिला आचार्य, आश्था र आरजु बस्नेत, शोभा गुरुङ, सुरुचि ज्योति, नीरा श्रेष्ठ, लतिका गोल्यान, एकता गोल्छा लगायतका महिला नेपालका सफल उद्यमी हुन् ।

कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रेन्ड सेन्टर र नयाँ पुस्ताको प्रेरणा समेत बनेका छन् । छोरीलाई विदेशमा पढाएर दक्ष बनाउने र स्वदेश फर्काएर व्यवसाय जिम्मा लगाउने घराना पनि बढ्दै गरेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर