newskoseli.Com

बुहारीको ‘कु’ मा परेका पूर्वराष्ट्रपतिको निधन…

नाइजेरियाका पूर्वराष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले शोक वक्तव्य प्रकाशित गरेर पूर्वराष्ट्रपतिको निधनप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन् । सेनाका पूर्वजनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा शागरीको सरकारविरुद्ध सत्ताविद्रोह (‘कु’) गरेका थिए । शासनसत्तामा नरहे पनि शागरीप्रति आम जनताले उच्च सम्मान व्यक्त गरेको राष्ट्रपति बुहारीले बताएका छन् ।

शागरीको राष्ट्रपतित्वकालमा सन् १९८० को प्रारम्भमै तेलको मूल्यमा भारी गिरावट आएका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको थियो । अव्यवस्था चरम सीमामा पुगेको थियो र राष्ट्रको ऋण पनि बढेको थियो ।

मुलुकको आर्थिक परिस्थिति कमजोर भए पनि उनको दलले सन् १९८३ को चुनावमा अभूतपूर्व विजय हासिल गरेको थियो । तर, विपक्षी दलहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । त्यही वर्षको डिसेम्बर ३१ मा बुहारीले शागरीको सरकारविरुद्ध सत्ताविद्रोह गरेका थिए । शागरीमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो ।

तर, भ्रष्टाचारको आरोपबाट मुक्त भए पनि उनी पुनः राजनीतिमा फर्केनन् । जीवनको उत्तरार्द्धधमा उनले राजनीतिबाट सन्यास लिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर