newskoseli.Com

झन् ओरालो लाग्यो शेयरको मूल्य

धितोपत्र बजारमा बिहीबार पनि शेयरको मूल्य ओरालो लागेको छ ।

साताको सुरुदेखि नै ओरालो लागेको बजार बिहीबार अन्तिम दिन समेत कारोबार मापक नेप्से परिसूचक १ दशमलव ५६ विन्दुले घटेर १ हजार १ सय ७८ दशमलव ८७ विन्दुमा झरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ विन्दुले घटेर २ सय ५० दशमलव शून्य ६ विन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार कूल १ सय ५८ कम्पनीको ७ लाख ९७ हजार ६ सय १३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ लाख ३ सय १ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कूल ९ उपसमूहमध्ये ६ उपसमूहको शेयर बढे भने ३ उपसमूहको शेयर घटे । बैंकिङ ४ दशमलव ३६, विकास बैंक ६ दशमलव १८ र जलविद्युत् ६ दशमलव ३७ बिन्दुले घटे भने होटल १८ दशमलव २५, वित्त शून्य दशमलव ३८, निर्जीवन बीमा १५ दशमलव ०२, अन्य शून्य दशमलव ३, लघुवित्त १ दशमलव २२ र जीवन बीमा ६८ दशमलव ०५ विन्दुले बढे ।

घटेको बजारमा युनाइटेड मोदी हाइड्रो पावर, सिन्धु विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनीका शेयरधनीले कमाए । कालिका लघुवित्त वित्तीय संस्था, हाथवे फाइनान्स कम्पनी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बिहीबार बढी गुमाएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर