newskoseli.Com

एनजीओलाई नियमविपरीत ८ करोड बाँड्न चलखेल

परिवार नियोजन (स्थायी वन्ध्याकरण) कार्यक्रमको झन्डै ८ करोड रुपैयाँ बजेट एनजीओलाई बाँड्न चलखेल भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले वन्ध्याकरणका नाममा नियमविपरीत गैरसरकारी संस्थालाई रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ । घुम्ती सेवाको स्थायी वन्ध्याकरणसहित शिविर सञ्चालनसम्बन्धी विज्ञता भएका संस्थाबाट दरभाउ रेटपत्र लिई एनजीओलाई बजेट निकासा गर्ने गरी परिवार कल्याण महाशाखाले फाइल अघि बढाएको विवरण प्राप्त भएको हो ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकस्तरीय छलफलबाट यस सेवामा विज्ञता भएका संस्थाबाट आशयपत्र अघि बढाउने सुझाव आएको भन्दै मंसिर १४ मा विभाग मातहतको परिवार कल्याण महाशाखाका प्रमुख डा. आरपी बिच्छाले अघि बढाएको फाइलमा केही एनजीओको निवेदन समेत समावेश गरिएको पाइएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर