newskoseli.Com

कविताः सिरियल हेर्न थालेपछि !

सिरियल हेर्न थालेपछि

मेरी श्रीमतीजी

मसँग कम र सिरियलसँग बढी बोल्छिन्

मसँग झर्केर र उता मस्केर बोल्छिन्

सिरियल हेर्न थालेपछि

श्रीमतीजी फेरिँदै गएकी छन् !

 

सिरियल हेर्न थालेपछि

श्रीमतीजीलाई अचेल

किताब देख्दा रिस उठ्छ

ज्ञानको कुरा बेकार लाग्छ

मतिर फर्केर बोल्नुपर्दा

त्यसै–त्यसै भाउन्न हुन्छ !

 

सिरियल हेर्न थालेपछि

मेरी श्रीमतीजीलाई

जिन्दगीमा पनि जादू चाहिएको छ

अपसोच !

जिन्दगीमा कुनै जादू भैरहेको छैन

त्यसैले अचेल श्रीमतीजीलाई

जिन्दगी ‘बोर’ लाग्छ

सिरियलको प्यार अघ्घोर लाग्छ !

 

म बेचैन छु

कुन दिन श्रीमतीजीको

सिरियलसँगै ‘इन्गेजमेन्ट’ हुने हो

र, ‘तलाक’ को पुर्जी हात पर्ने हो !

 

शायद, सबै ‘सिरियल–पीडित’ लोग्नेहरू

हरेक सिरियलमा

सम्भावित ‘जार’ हरू देख्दाहुन्

जसरी म बेलाबेला देख्ने गर्छु !

२२ पुस, २०७५, सूवर्णचोक, भक्तपुर

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर