newskoseli.Com

सर्वोच्चको अनौठो निर्णय : सुमार्गीले बैंकबाट निकालेको रकम फिर्ता गर्न आदेश

चर्चित व्यवसायी अजेयराज सुमार्गीले हालै बैंकबाट झिकेको अर्बौं रकम बैंकमै फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै झिकेको रकम बैंकमा फिर्ता गर्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चबाट यसअघि भएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थिए । जोशीले दिएको अनुमति कानुनविपरीत भएको र आदेशबाट सुमार्गीले रकम झिक्नु गलत भएको भन्दै जति रकम झिकिएको थियो, त्यत्ति नै फिर्ता गर्न अदालतले आदेश गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर