newskoseli.Com

६ महिनाको पुँजीगत बजेट खर्च : देउवाले गरेथे ४७ अर्ब, ओलीले गरे ५१ अर्ब…

विकासको सवालमा सरकारले फड्को मारिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए पनि सरकारी तथ्यांकले भने अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँ मात्र बढी खर्च भएको देखाएको छ ।

काम गर्न नसकेको भनेर अघिल्लो वर्ष आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए ।

र, यिनै ६ महिनामा प्रधानमन्त्री ओलीले पुँजीगत बजेट ५१ अर्ब रुपैयाँ मात्र खर्च गरेका छन् । यो तथ्यांक देउवाको तुलनामा ४ अर्ब रुपैयाँ मात्र बढी भएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर