newskoseli.Com

दोहोरो अङ्कले बढ्यो शेयर बजार

धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर १ हजार १ सय ८६ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०८ विन्दुले बढेर २ सय ५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार सोमबार कूल १ सय ५८ कम्पनीका ८ लाख ५ हजार ६ सय १ कित्ता शेयर २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ रुपैयाँमा खरिद–बिक्री भए ।

कारोबार भएका कूल ९ उपसमूहमध्ये सोमबार बैंकिङ उपसमूहको मात्रै शेयर मूल्य घटेको छ । सो उपसमूह १ दशमलव ०९ विन्दुले घटेको छ । यस्तै, होटल १८ दशमलव ८४, विकास बैंक ४ दशमलव ५६, जलविद्युत् १ सय ७७ दशमलव ०७, वित्त ६ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा ३ दशमलव १८ विन्दुले बढेको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाए ।

यस्तै, बैंक अफ काठमाडौं, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले सोमबार बढी गुमाएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर