newskoseli.Com

शेयर बजार फेरि घट्यो दोहोरो अङ्कले

धितोपत्र बजारमा सोमबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर १ हजार १ सय ६८ दसमलव ०६ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २ सय ४७ दशमलव ६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १ सय ६६ कम्पनीको १२ लाख ६५ हजार ७ सय ८६ कित्ता शेयर ३६ करोड ७७ लाख ६ हजार ६ सय ३८ रुपैयाँमा खरिद–बिक्री भए ।

सोमबार कारोबार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूह ० दशमलव ६५ विन्दुले बढेको छ । बैंकिङ ४ दशमलव ६२, व्यापार २ दशमलव ९६, होटल १९ दशमलव ५२, विकास बैंक ७ दशमलव ७६, जलविद्युत् ४२ दशमलव १७, निर्जीवन बीमा ४२ दशमलव ६७, उत्पादन २३ दशमलव ५२, अन्य ११ दशमलव ६०, लघुवित्त २५ दशमलव ५१ र जीवनबीमा ६१ दशमलव ६८ विन्दुले घटेको छ ।

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबीआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले सोमबार बढी कमाए । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले सोमबार बढी गुमाए ।

स्टकमा सोमबारै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार सुरु भएको छ । सो संस्थाको सुरुआती कारोबारका लागि प्रतिकित्ता न्यूनतम १ सय ६८ र अधिकतम ५ सय ५ रूपैयाँ रहने गरी सीमा निर्धारण गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर