newskoseli.Com

विदेशमा पैसा थुपार्नेमाथि सरकारको निगरानी : प्रधानमन्त्री कार्यालयले दियो यस्तो निर्देशन

व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यलय मातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले विभागलाई केही दिनअघि पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिएको हो ।

विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यलयको ध्यानाकार्षण भएको र अनुसन्धानका लागि विभागलाई निर्देशन दिइएको महाशाखाकाका उपसचिव लक्ष्मण खड्काले बताए । उनका अनुसार अनुसन्धानबाट प्राप्त रिपोर्ट सtमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

तस्बिरः कान्तिपुरबाट

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर