newskoseli.Com

(भिडियो) अमेरिकाविरूद्ध खनिए नारायणकाजी : ‘साम्राज्यवादको नाइकेबाट समाजवादलाई जोगाऔं’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाका समाजवादी राष्ट्रपति तथा सरकारको दृढ समर्थन गर्दै ‘साम्राज्यवादको नाइके’ अमेरिकाविरुद्ध तीव्र आक्रोश पोखेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले कुनै राष्ट्र नजिक वा टाढा हुनु मुख्य कुरा नभएको बरु विचार, मूल्य र सिद्धान्तको प्रश्नचाहिँ मुख्य भएको बताए । पेरिस कम्युन पहिलो चरणको समाजवाद थियो अनि सोभियत संघ दोस्रो चरणको समाजवाद थियो भन्दै एक्काईसौं शताब्दीको समकालीन विश्वमा तेस्रो चरणको समाजवादको प्रतिनिधित्व र नेतृत्व भेनेजुयला र त्यहाँका दिवंगत राष्ट्रपति तथा वर्तमान राष्ट्रपति निकोलस मादुरोले गरिहेको भन्दै संसारभरिका कम्युनिस्ट र समाजवादीहरुले त्यसको रक्षा गर्नुपर्ने बताए ।

भेनेजुयला–अमेरिका द्वन्द्व विचारधारा र वर्गका बीचको लडाइँ भएको उल्लेख गर्दै श्रमजीवी वर्ग र समाजवादी विचारधाराका विरुद्ध पुँजीवादी वर्ग र साम्राज्यवादी विचारधाराको हस्तक्षेप नै यतिबेलाको भेनजेजुयलाको टकराव भएको उनले बताए ।

थप यो पनि पढ्नुहोस्–
(भिडियो) साम्राज्यवादलाई नरेन्द्रजंग पिटरको चुनौती : भेनेजुयली जनताका पक्षमा दह्रो ऐक्यबद्धता !

भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति मदुरोलाई बर्खास्त गरी त्यहाँका ३५ वर्षे सभामुख (संसदका अध्यक्ष) लाई कार्यबाहक राष्ट्रपति बनाउने अमेरिकी साम्राज्यवादी हर्कतका विरुद्ध केही अघि सत्ताधारी पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति प्रकाशित गरेपछि नेपालमा समेत राजनीतिक तरंग पैदा भएको छ । यसै सन्दर्भमा परराष्ट्र मन्त्रालयले समेत कूटनीतिक भाषामा तर प्रचण्डकै सारमा विज्ञप्ति प्रकाशित गरेको थियो ।

भेनेजुयलामाथि साम्रज्यवादी घेराबन्दीका विरुद्ध नेपालका सबैजसो कम्युनिस्ट घटक, मोर्चा र साम्राज्यवादविरोधी पक्षहरुले विभिन्न किसिमले विरोध जनाउँदै आएका छन् । यसै सिलसिलामा साम्राज्यवादविरोधी मञ्चको आयोजनामा संवाद डबलीमा आयोजित कार्यक्रमलाई सांसद एवं सत्ताधारी नेकपाका नेता बलराम बास्कोटा, नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी र मञ्चका संयोजक एवं माओवादी बुद्धिजीवी तथा लेखक नरेन्द्रजंग पिटरले पनि सम्बोधन गरे ।

नरेश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघोषण नहेन्द्र खड्काले गरे ।

(भिडियोमा हेर्नोस् नेता नारायणकाजी श्रेष्ठको सम्बोधन)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर