newskoseli.Com

(भिडियो) साम्राज्यवादलाई नरेन्द्रजंग पिटरको चुनौती : भेनेजुयली जनताका पक्षमा दह्रो ऐक्यबद्धता !

चर्चित माओवादी बुद्धिजीवी, लेखक एवम् स्तम्भकार नरेन्द्रजंग पिटरले अमेरिकी साम्राज्यवादलाई कडा चुनौती दिएका छन् ।

संसारका कुनै पनि सार्वभौम राष्ट्र र जनताको रक्षाका पक्षमा बोल्नु विश्वभर छरिएका सबै मानवजातिको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको योजनामा भेनेजुयलामाथि भैरहेको अमानवीय व्यवहार र स्वयम् उनीहरुले फलाक्ने गरेको कथित लोकतन्त्रकै धज्जी उडाउने क्रियाकलापप्रति पिटरले कडा हमला बोलेका छन् ।

थप यो पनि पढ्नुहोस्–
(भिडियो) अमेरिकाविरूद्ध खनिए नारायणकाजी : ‘साम्राज्यवादको नाइकेबाट समाजवादलाई जोगाऔं’ !

हालै राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै आफूहरु मानवजातिको पक्षमा र दानवहरुले गरेका हरेक हर्कतहरुका विरुद्धमा उभिएको र सधैं उभिइरहने पिटरले बताए । ‘यदि मैले अर्कालाई समस्या परेका बेला उसको पक्षमा बोलिनँ भने मलाई समस्या परेका बेला मेरो पक्षमा बोलिदिने कोही पनि हुँदैन’– पिटरले भने ।

अहिले भेनेजुयलामा देखा परेको समस्या केवल भेनेजुएला र अमेरिकाबीचको टकराव मात्र नभई दुईवटा चिन्तनका बीचको टकराव भएको उनले बताए । समाजवादी चिन्तनधारा र कर्पोरेट राजनीतिक चिन्तनधाराबीचको टकराव नै अहिले भेनेजुयला–अमेरिका टकरावका रुपमा देखा परेको उनले बताए ।

भिडियोमा हेर्नोस् नरेन्द्रजंग पिटरको पूरा मन्तव्य–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर