newskoseli.Com

ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड !

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्ममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ ।

उपचार खर्चलगायतका नाममा सरकारले रकम बाँडेको हो । सहायता पाउनेमा धेरैजसो पहुँचवाला र केही–केही सम्पन्नहरु समेत छन् ।

अर्थ मन्त्रालयका अनुसार सरकारले मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर हरेक महिना विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले १ करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ ।

मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक नगरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर