newskoseli.Com

संसदका महासचिवले यसरी लिइरहेछन् दोहोरो सुविधा

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरिरहेका छन् ।

विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवा–सुविधा दुवै लिइरहेका छन् । कानुनअनुसार महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन्, सरकारका मुख्य सचिवसरह पारिश्रकिम पाउँछन् । तर, उनले ५ वटा गाडी र ३ जना चाकल लिने गरेको जानकारी संघीय संसद सचिवालय स्रोतले दिएको छ ।

उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० रुपैयाँ तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन (निवृत्तिभरण) बुझने गरेको खबर मकर श्रेष्ठको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर