newskoseli.Com

अविवाहित, सम्बन्ध–विच्छेद र पति बेपत्ता भएका महिलालाई पनि भत्ता !

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्ध–विच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ ।

‘संघीय सरकारले अविवाहित र सम्बन्ध–विच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउन योग्य मानेको छ, लामो अवधिसम्म पति बेपत्ता भएका महिलाको हकमा केही व्यवस्था छैन,’ नगर प्रमुख भीम न्यौपानेले भने– ‘हामीले संघीय सरकारको मापदण्डमा नपरको महिलालाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याएर लाभग्राही सूचीमा राख्ने भएका छौं, यस योजनाबाट उनीहरूलाई लोककल्याणकारी स्थानीय सरकारको अनुभूति हुनेछ ।’

तेस्रो नगरसभाबाट नीतिगत निर्णय भएको विशेष सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि नगर कार्यपालिकाले कार्यविधि बनाइसकेको छ । ‘स्थानीय राजपत्रमा कार्यविधि, २०७५ प्रकाशित गरिसकेका छौं, चौथो नगरसभाका सदस्यले समेत यो योजनालाई अत्यन्तै उत्कृष्ट योजनाका रुपमा स्वागत गर्नुभएको छ’– वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले भनेको खबर मधुसुधन गुरागाईंको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर