newskoseli.Com

लेबनानलाई बेलायतको २० करोड डलर सहयोग

आर्थिक रुपले सङ्कटग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् ।

लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचार संस्थाले जनाएको छ– ‘लेबनान र बेलायतबीचको द्विपक्षीय सम्बन्ध यस अघिको तुलनामा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको छ ।’

नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिबद्ध बन्नेमा पनि रामप्लिङले विश्वास व्यक्त गरे ।

‘हामीले सधैं लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्नेछौं’– उनले भने । लेबनानको आर्थिक क्षेत्रमा प्रभाव देखिने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको उनको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर