newskoseli.Com

‘सार्वजनिक खर्च पुनरावलोकन प्रतिवेदन’ बुझाइयो अर्थमन्त्रीलाई

सार्वजनिक खर्च पुनरावलोकन आयोगले अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचनाअनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री डा. खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

डा. डिल्लीराज खनालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन बुझ्दै आयोगले सुझाएका विषयलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने मन्त्री डा. खतिवडाले बताए । मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तीय अनुशासन कायम गर्नेलगायतका विभिन्न पक्षबारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष डा. खनालले बताए ।

सो कार्यक्रममा अर्थसचिव डा. राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्याहरुलाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन सम्रग सुधारको एउटा अंग रहेको बताए । आयोगका अध्यक्ष खनालले नेपाल अध्ययनको अवसर प्रदान गराएकोमा नेपाल सरकार तथा अर्थमन्त्रीप्रति आभार व्यक्त गरे । आयोगमा खटिएको समग्र टोलीलाई अर्थमन्त्री डा. खतिवडाले धन्यवाद दिए ।

वित्त क्षेत्रमा देखिएका समस्या समाधान गरी मुलुकको विकास र समृद्धिको पक्षमा टेवा पुगोस् भन्ने उद्देश्यले सरकारले २०७५ भदौ ३ मा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर