newskoseli.Com

भेनेजुयली र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

भेनेजुयलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टि गरेका छन् ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई वटा बैठक भइसकेको जानकारी उनले शनिबार दिएका हुन् । ‘हामीले दुई वटा बैठक सम्पन्न गरिसकेको साँचो हो तर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नु पर्दछ’– उनले भने ।

भेनेजुयलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उनले एक–अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्नेगरी छलफल गरेको बताए । उनले थपे– ‘बैठकमा विवादका कुराहरु भए, अरु गहिरो मतभिन्नताका कुरा भए, सँगसगै आपसी चासोका बारेमा पनि एक–अर्कालाई बतायौं ।’ यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको जानकारी उनले दिए ।

भेनेजुयला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुयलाका विदेशमन्त्रीले उल्लेख गरे । अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुयलाका प्रतिनिधिहरुको द्विपक्षीय बैठकका बारेमा भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई पूरै जानकारी भएको पनि विदेशमन्त्रीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर