newskoseli.Com

बारीमै ट्रयाक्टर लगाएर फेरि तरकारी नष्ट, नबिकेपछि किसान हैरान

बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् ।

बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन् । महिनौं मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको कुरा, उल्टो खर्च थपेर बिक्री गुर्नपर्ने अवस्था आएको किसानको गुनासो छ ।

अर्को सिजनको खेती गर्ने बेला भइसक्दा पनि तरकारी बिक्री नभएकाले काटेर बारीमा जोतिदिएको उनीहरुले बताएका छन् । ‘हजारौं रुपैयाँ खर्च र महिनौं पसिना बगाएर गरेको खेती बिक्री गर्दा लगानी नउठ्ने अवस्था आयो,’ स्थानीय जुनामाया विसुरालले भनिन्– ‘बेच्नका लागि ढु्वानी भाडा समेत आफैं हाल्नुपर्ने भयो, बेचेर लगानी नउठ्ने भएपछि बरु अर्को सिजनको खेती गर्दा मल होस् भनेर ट्रयाक्टर लगाएर जोतियो ।’

किसानको हैरानीबारेको यो खबर मनीष दुवाडीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर